१ लाख ३३ हजार रूपैयाँसहित १० जुवाडे पक्राउ

दाङ | कात्तिक १८, २०८१

१ लाख ३३ हजार रूपैयाँसहित १० जुवाडे पक्राउ

दाङमा जुवा खेलिरहेका दस जना पक्राउ परेका छन्।

आइतबार बिहान १ बजे तुलसीपुर उपमहानगरपालिका-१७ बनकट्टाबाट प्रहरीले जुवा खेलिरहेका दस जनालाई नियन्त्रणमा लिएको हो।

 

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी ईश्वर थापाका अनुसार पक्राउ पर्नेहरूमा तुलसीपुर उपमहानगरपालिका – १७ का ५७ वर्षीय भिम वली, ४९ वर्षीय लुमासिंह बस्नेत, ३२ वर्षीय नरबहादुर चौधरी, ५८ वर्षीय केशरबहादुर वली, ३६ वर्षीय शरद वली छन् ।

 

त्यस्तै तुलसीपुर – १७ कै  ३८ वर्षीय सुशिल वली, ४१ वर्षीय रेखबहादुर वली, ४९ वर्षीय मदन वली, घर धनी ५१ वर्षीय देवबहादुर वली र घोराही उपमहानगरपालिका– ९ अश्वाराका ४९ वर्षीय बालाराम वली पक्राउ परेका छन्।

 

उनीहरुको साथवाट एक लाख ३३ हजार ११० रुपैयाँ बरामद भएको डिएसपी थापाले जानकारी दिए।

 

स्थानीय देवबहादुर वलीको घरमा ठूलो धनराशी हारजित हुने गरी जुवा खेल भइरहेको भन्ने गोप्य सूचनाको आधारमा  डिएसपी थापाको कमाण्डमा जिल्ला प्रहरी कार्यालय दाङ र इलाका प्रहरी कार्यालय नारायणपुरवाट खटिएको टोलीले मध्य राति छापा हानेको थियो।

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्